११ असार २०८३, बिहीबार

बुटवलमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

मंसिर १२, २०७८
बुटवलमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

रूपन्देहीको बुटवल उपमहानगरपालिकाको निर्माणाधीन भवनमा विद्युत सर्ट भएर  करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् । 

भवनमा विद्युत् विस्तारका क्रममा तार सर्ट भएर विद्युत् प्राधिकरणका कर्मचारी अर्घाखाँची सन्धिखर्क घर भई बुटवल–३ बस्ने वसन्त भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलमा प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बर्दियाको राजापुर नगरपालिका–१६ का २८ वर्षीय राजगोपाल चौधरी घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ । घाइते दुवै जना बुटवल–४ मा बस्दै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्