२९ जेठ २०८३, शुक्रबार

मन्त्रीलाई धकेलाधकेल गर्न थालेपछि पीएसओले चलाए गोली

मंसिर १२, २०७८
मन्त्रीलाई धकेलाधकेल गर्न थालेपछि पीएसओले चलाए गोली
प्रतीकात्मक तस्वीर ।

सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा प्रदेश मन्त्रीलाई धकेलाधकेल गर्न थालेपछि मन्त्रीका पीएसओले गोली चलाएका छन् । 

अधिवेशनको विवादका क्रममा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहलाई धकेल्न थालेपछि मन्त्रीको सुरक्षामा खटिएका पीएसओले एक राउण्ड हवाई फायर गरेको सर्लाही प्रहरी प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । अहिले स्थिति सामान्य रहेको उनको भनाइ छ । 

बलरा नगरपालिका–९ को वडा अधिवेशन चलिरहेका बेला विवाद भएको थियो । त्यसपछि अधिवेशन रोकिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्