१६ असार २०८३, मंगलबार
एमाले महाधिवेशन

एमाले महाधिवेशन–  ओलीले तयार गरेको सूचीमाथि अध्यक्षमण्डलको बैठकमा छलफल, बन्द कोठामा बनाइएको भन्दै रावलको आपत्ति

एमाले महाधिवेशन–  ओलीले तयार गरेको सूचीमाथि अध्यक्षमण्डलको बैठकमा छलफल, बन्द कोठामा बनाइएको भन्दै रावलको आपत्ति

नेकपा एमाले दशौं महाधिवेशनको बन्दसत्र संचालनका लागि गठन भएको अध्यक्ष मण्डलको बैठकमा केपी ओलीले प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय सदस्यको सूचीमा बिवाद भएको छ । 

अध्यक्षमा उम्मेदवारी दिने बताएका भीम रावलले गोप्य कोठामा बनाइएको सूची मान्य नहुने बताएका हुन् । रावलले सूची बनाउने शैलीमै आपत्ति जनाएका उनी निकट एक नेताले जानकारी दिए । रावलले लोकतान्त्रिक विधिमार्फत नेतृत्व चयन गर्न माग गरेका छन् । 

चितवनको सौराहामा आइतवार राति १० बजे शुरु भएको बैठक सवा ११ बजेसम्म चलिरहेको छ ।

बैठकमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय निकायका सदस्यको नाम प्रस्ताव गरेका थिए । अध्यक्ष मण्डलको बैठक चलिरहँदा केपी ओलीको पक्ष र भीम रावलको विपक्षमा नाराबाजी भएको थियो । 

अध्यक्ष मण्डलको बैठकमा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, इश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालवावु पण्डित र गोमा देवकोटा सदस्य छन् । 
अध्यक्ष मण्डलको बैठक पछि बन्दसत्र शुरु हुनेछ । बिहान १० बजेका लागि तय भएको बन्दशत्र राति सवा ११ बजेसम्म शुरू भएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्