२९ जेठ २०८३, शुक्रबार
एमाले महाधिवेशन

बन्दसत्रमा बिहान साढे ३ बजे ओलीको प्रस्ताव–वरिष्ठ उपाध्यक्ष ईश्वर, महासचिवमा शंकर पोखरेल

बन्दसत्रमा बिहान साढे ३ बजे ओलीको प्रस्ताव–वरिष्ठ उपाध्यक्ष ईश्वर, महासचिवमा शंकर पोखरेल

पदाधिकारी र केन्द्रीय सदस्यको सूची बनाउने अधिकार पाएका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमवार बिहान साढे ३ बजे पदाधिकारीमा प्रस्ताव गरेका छन् ।

आगामी ५ वर्षको लागि निर्वाचित हुने पदाधिकारीमा आफ्नो नेतृत्वमा टीम घोषणा गरेका हुन् । 

ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र महासचिवमा विष्णु पौडेलले पनि दावी गरेका थिए । 

ओलीले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा र विष्णु पौडेललाई प्रस्ताव गरेका छन् ।

प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाललाई उपमहासचिव प्रस्ताव गरेका छन् ।

टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई सचिवमा प्रस्ताव गरेका छन् । 

भीम रावलले उपाध्यक्षमा बस्न अस्वीकार गरेको ओलीले बताए । उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका घनश्याम भुसाल ओलीको टिममा अटाएका छैनन् । यसअघि सचिव रहेका भीम आचार्य रिङआउट भएका छन् । 

पदाधिकारी प्रस्ताव गरेर ओलीले सोमवार बिहान ९ बजेसम्मका लागि बन्दसत्र स्थगित गरेका छन् । ओलीको प्रस्तावलाई लिएर व्यापक असन्तुष्टि देखिएको छ । 

बिहान ९ बजेपछि निर्वाचन कार्यक्रम शुरू हुने भएको छ । ओलीले पदाधिकारी प्रस्ताव गर्नुअघि भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्