×

NMB BANK
NIC ASIA

एमाले महाधिवेशन

फ्ल्यास ब्याकः नवौं महाधिवेशनमा ओलीले पाएका थिए १०७४ मत, यस्तो थियो रावल र भुसालको पोजिसन

मंसिर १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेको नेतृत्वका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच सोमवार चुनावी प्रतिस्पर्धा हुँदैछ । 

Muktinath Bank

सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको प्रस्तावलाई चुनौती दिँदै भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि दुई नेताबीच प्रतिस्पर्धा हुन लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यक्तिले नेतृत्व छान्ने प्रणाली पार्टी विधानको भावनाविपरीत रहेको भन्दै रावलले ओलीविरुद्ध उम्मेदवारी दिएका हुन् । २०७१ सालमा भएको नवौँ महाधिवेशनमा केपी ओलीले माधव नेपाल भन्दा ४४ भोट बढी ल्याएर अध्यक्ष निर्वाचित भएका थिए । ओलीले एक हजार ४७ भोट पाउँदा माधव नेपालले एक हजार ३ भोट पाएका थिए ।


Advertisment
Nabil box
Kumari

आठौं महाधिवेशनमा भने झलनाथ खनालसँग ओली ११७ मतले पराजित भएका थिए । २०६५ फागुनमा बुटवलमा भएको महाधिवेशनमा खनालले ९१३ मत पाउँदा ओलीले ७९६ मत पाएका थिए । 

Vianet communication
Laxmi Bank

नवौँ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित भएका रावलले एक हजार १४३ मत पाएका थिए । उपमहासचिव निर्वाचित भएका घनश्याम भुसालले भने एक हजार ९७ मत पाएका थिए ।

दशौं महाधिवेशनमा दुई हजार १५३ प्रतिनिधिले मत हाल्न पाउने छन् । आठौं र नवौँ महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्ने गरिएकोमा यसपटकदेखि एमाले विधानले प्यानल बनाउन निषेध गरेका कारण उम्मेदवारहरू एक्लाएक्लै चुनावी मैदानमा छन् । 

आठौँ र नवौँ महाधिवेशनमा खनाल र नेपाललाई भोट हालेका कयौँ प्रतिनिधि नेकपा (एस) तिर लागेका छन् । उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसालले ‘हार्नको लागि भए पनि उम्मेदवारी दिने मौका’को माग गरेका थिए । 

उम्मेदवारी दर्ता गराएपछि भुसालले उपाध्यक्षका लागि आफू योग्य रहेकोले प्रतिनिधिले विश्वास गर्ने भन्दै मत मागिरहेका छन् । उनले आफू उपाध्यक्ष निर्वाचित हुनेमा ढुक्क रहेको बताएका छन् ।

अध्यक्षका प्रत्यासी रावलले १ भोट आए पनि आफू चुनावी मैदानमा उत्रिने बताएका थिए । प्रतिनिधि छनोटदेखि नै ओली पक्ष हाबी भएका कारण अध्यक्ष, उपाध्यक्षसहित मतदान हुने पदमा ओलीले प्रस्ताव गरेका उम्मेदवार नै निर्वाचित हुने सम्भावना छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x