१४ असार २०८३, आइतबार

उद्योग व्यवसाय चलायमान बनाउनको लागि मौद्रिक नीतिको समीक्षामार्फत भएका व्यवस्था सकारात्मक : डा. महत

मंसिर १३, २०७८
उद्योग व्यवसाय चलायमान बनाउनको लागि मौद्रिक नीतिको समीक्षामार्फत भएका व्यवस्था सकारात्मक : डा. महत

पुर्व अर्थमन्त्री डा.रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

सोमवार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समीक्षाबारे प्रतिक्रिया दिदै कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीतिको समीक्षा आएकाले उनले बताए ।

डा. महतले भने,‘ कोरोना महामारीको कारण उद्योग व्यवसाय क्षेत्रमा संकट छ । उद्योग व्यवसाय नै पलायन हुने गरी ठूलो क्षति भएको छ । महामारीले उद्योग व्यवसायमा मात्रै होइन हरेक क्षेत्रमा क्षति गर्‍यो ।'

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत उद्योग व्यवसाय चलायमान बनाउनको लागि राहतका कार्यक्रम तथा सुविधाहरु व्यवस्था गर्नु आवश्यकता रहेको उनले बताए ।

डा.महतले नेपालमा राष्ट्र बैंकले उद्योग व्यवसायलाई थप सेवा सुविधा सहज बनाउनको लागि केही वर्षदेखि मौद्रिक नीतिमा व्यवस्था गरेको बताए ।

 

salt training

कमेन्ट गर्नुहोस्