११ असार २०८३, बिहीबार

जब रेलमा यात्राको क्रममा रोहित शेट्टीलाई महिलाहरूले चप्पलले कुट्न खोजे...

मंसिर १३, २०७८
जब रेलमा यात्राको क्रममा रोहित शेट्टीलाई महिलाहरूले चप्पलले कुट्न खोजे...

पछिल्लो समय रोहित शेट्टी चलचित्र सूर्यवंशीलाई लिएर चर्चामा छन् । 

यस चलचित्रले हालसम्म बक्स अफिसमाा २६६ करोड भारतीय रुपैयाँ भन्दा बढी कमाइसकेको छ ।

एक अन्तर्वार्ताका क्रममा सूर्यवंशीका निर्देशक रोहित शेट्टीले आफ्नो संर्घषका दिनहरू सम्झिएका छन् ।

अन्तर्वार्ताका क्रममा अन्तिम पटक लोकल रेल कहिले चढ्नुभयो भन्ने प्रश्नमा शेट्टीले लोकल ट्रेनमा आफूले लामो यात्रा गरेको सुनाए । 

उनले आफूले सानो बेलामा स्कूल जानका लागि लोकल ट्रेन चढ्ने गरेको सुनाए । उनले भीडभाडबाट बच्नका लागि आफूले छात्राहरूसँगै रेल चढेको र पछि उनीहरूले थाहा पाएर चप्पलले कुट्न लागेको सुनाए । 

उनले छात्राहरू  चढेको रेलमा लुकिछिपी चढेको र उनीहरूले थाहा पाएपछि कुट्न लागेको भन्दै त्यो समय निकै डराएको समेत सुनाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्