असार १५, २०७९
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित नियमित प्रस्तुती लिएर आएका छौँ– बहुचर्चित बूढीगण्डकी जलाशयुक्त जलविद्युत आयोजना स...
चितवन | मंसिर १३, २०७८
नेकपा एमालेको दशौं महाधिवेशनमा केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूची बाहिरबाट ३० नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
खुल्लातर्फबाट सुरेन्द्र मानन्धर, नरेश खरेल, कमल तिमल्सिना, निर्मल भट्टराई र पदम राज जोशीले ओलीले प्रस्ताव गरेको सूची बाहिरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
आदिवासी जनजाती कोटामा निर्माण बुढा र सुवास कर्मचार्यले उम्मेदवारी दिएका छन् ।
यस्तै सम्पर्क समन्वयमा जानुका रोका, मधेशी कोटामा विल्टु यादव र शम्भु प्रसाद गुप्ता, दलित कोटामा नर बहादुर विक, अनुभूति बम, थारु कोटामा जय प्रकाश थारुले सूची बाहिरबाट उम्मेदवारी दिएका छन् ।
यस्तै मुस्लिम कोटाबाट ईस्लाम हवारी, नजिर मियाँ, पिछडिएको कोटाबाट भरत साउद र लाल बहादुर रावलले उम्मेदवारी दिएका छन् ।
यस्तै , प्रदेश १ बाट धर्मराज निरौला, पर्शुराम अधिकारी र दुर्गाकुमार थापा, बागमति प्रदेशबाट केदार क्षेत्री र रामवीर मानन्धर, सुदूरपश्चिमबाट कृष्ण प्रसाद जैसी, दीपक प्रकाश भट्ट, सहदेव बोगटी, कलसादेवी महरा, पशुपति कुँवर, मन्जु मलासी र कर्णालीबाट योगेन्द्र बहादुर शाहीले उम्मेदवारी दिएका छन् ।
त्यसबाहेक अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीले ओलीले प्रस्ताव गरेको सूचीभन्दा बाहिरबाट उम्मेदवारी दर्ता गरेका छन् ।
सूचीभन्दा बाहिरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूलाई नेताहरूले ‘कन्भिन्स’ गरेर नाम फिर्ता गराउने प्रयास गरिरहेका छन् ।
सोही कारण उम्मेदवारको अन्तिम सूची प्रकाशनमा ढिलो भइरहेको छ ।
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित नियमित प्रस्तुती लिएर आएका छौँ– बहुचर्चित बूढीगण्डकी जलाशयुक्त जलविद्युत आयोजना स...
अबिरल वर्षाको कारण असार १४ गते विभिन्न स्थानमा डुबानमा परेका करीब २८८ घरका करीब ९३४ जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । झापा जिल्लाको गौरीगंज गाँउपालिका १ बालु...
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । प्रेमी भनिएका व्यक्तिको घरमा पुगेर लफडा गरेको भन्दै विवादमा तानिएकी ओलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी...
‘चोरीमा लागेपछि ३५ लाख ऋण लाग्यो सर...’ दोलखाको शैलुङ गाउँपालिका– ४ मनगाउँका कुमार भनिने वीरबहादुर श्रेष्ठले प्रहरीसँगको बयानमा भने । २०६४ सालदेखि पटक–पटक प्रहरी हिरासतमा पुगे...
बुधवार बिहान मुलुकका धेरै ठाउँमा भारी वर्षा भएको छ । पछिल्लो ३ घण्टा काठमाडौंमा ठूलो वर्षा भएको छ । यस्तै कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्ुठान, दाङ, बाँके, कञ्...
विभिन्न ठाउँमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । मंगलवार कैलालीको गोदावरीमा रोपाईं गर्न गएका एक जनाको चट्याङ लागेर मृत्यु भएको छ । यस्तै कञ्चनपुरको पुनर्बास ६ र ८ मा खेतमा काम गरिरहेका २ जनाको पनि ...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...