२६ जेठ २०८३, मंगलबार
एमाले महाधिवेशन

यी हुन ओलीले प्रस्ताव गरेको सूची बाहिरबाट उम्मेदवारी दिने ३० जना केन्द्रीय सदस्यका दावेदार

यी हुन ओलीले प्रस्ताव गरेको सूची बाहिरबाट उम्मेदवारी दिने ३० जना केन्द्रीय सदस्यका दावेदार

नेकपा एमालेको दशौं महाधिवेशनमा केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूची बाहिरबाट ३० नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्  ।

खुल्लातर्फबाट सुरेन्द्र मानन्धर, नरेश खरेल, कमल तिमल्सिना, निर्मल भट्टराई र पदम राज जोशीले ओलीले प्रस्ताव गरेको सूची बाहिरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

आदिवासी जनजाती कोटामा निर्माण बुढा र सुवास कर्मचार्यले उम्मेदवारी दिएका छन् । 

यस्तै सम्पर्क समन्वयमा जानुका रोका, मधेशी कोटामा विल्टु यादव र शम्भु प्रसाद गुप्ता, दलित कोटामा नर बहादुर विक, अनुभूति बम, थारु कोटामा जय प्रकाश थारुले सूची बाहिरबाट उम्मेदवारी दिएका छन् । 

यस्तै मुस्लिम कोटाबाट ईस्लाम हवारी, नजिर मियाँ, पिछडिएको कोटाबाट भरत साउद र लाल बहादुर रावलले उम्मेदवारी दिएका छन् ।

यस्तै , प्रदेश १ बाट धर्मराज निरौला, पर्शुराम अधिकारी र दुर्गाकुमार थापा, बागमति प्रदेशबाट केदार क्षेत्री र रामवीर मानन्धर, सुदूरपश्चिमबाट कृष्ण प्रसाद जैसी, दीपक प्रकाश भट्ट, सहदेव बोगटी, कलसादेवी महरा, पशुपति कुँवर, मन्जु मलासी र कर्णालीबाट योगेन्द्र बहादुर शाहीले उम्मेदवारी दिएका छन् ।

त्यसबाहेक अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीले ओलीले प्रस्ताव गरेको सूचीभन्दा बाहिरबाट उम्मेदवारी दर्ता गरेका छन् । 

सूचीभन्दा बाहिरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूलाई नेताहरूले ‘कन्भिन्स’ गरेर नाम फिर्ता गराउने प्रयास गरिरहेका छन् । 

सोही कारण उम्मेदवारको अन्तिम सूची प्रकाशनमा ढिलो भइरहेको छ । 

 
 

salt training

कमेन्ट गर्नुहोस्