२४ जेठ २०८३, आइतबार

गुरुङ चलचित्रकी नायिका बनिन् कांग्रेसको जिल्ला सदस्य

मंसिर १४, २०७८
गुरुङ चलचित्रकी नायिका बनिन् कांग्रेसको जिल्ला सदस्य

नेपाली कांग्रेस तनहुँको जिल्ला कार्यसमिति सदस्यमा तमू चलचित्रकर्मी रिया तमूस्यो निर्वाचित भएकी छन् । 

कांग्रेस तनहुँको १४औं जिल्ला अधिवेशनबाट तमू चलचित्र कर्म क्यामा मुख्य नायिकाको भूमिका निर्वाह गरेकी लोकप्रिय नायिका रिया तमूस्यो कार्यसमिति सदस्यमा निर्वाचित भएकी हुन् । 

नायिका रिया तमूस्योले आदिवासी जनजाति महिलातर्फ ८५८ मत ल्याई जिल्ला सदस्यमा निर्वाचित भएकी हुन् ।

नेपाली कांग्रेस यतिखेर देशभर अधिवेशनमा जुटेको छ । देशभर नै युवा प्रतिनिधिको उत्साहजनक सहभागिता देखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्