
नेकपा एमालेको दशौं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको मतदान अन्तिम चरणमा पुगेको छ ।
चितवनको सौराहामा बिहान ४ बजे शुरू भएको मतदान अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
बिहान साढे १० बजेसम्म २ हजार प्रतिनिधिले मतदान गरिसकेका छन् । मतदानको समय बिहान ११ बजेसम्मका लागि तोकिएको छ ।
मतदान सकिएलगत्तै मतगणनाको काम शुरू हुने नेकपा एमालेको निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए ।
अध्यक्ष, उपाध्यक्ष र सचिव गरी १४ पदका लागि मतदान भइरहेको हो । अध्यक्षमा केपी ओली र भीम रावल प्रतिस्पर्धामा छन् ।
केपी ओलीले गरेको प्रस्तावमा असन्तुष्टि जनाउँदै उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टंक कार्कीले उम्मेदवारी दिएका छन् ।
मतदान स्थलमा भीम रावल र घनश्याम भुसाललाई भोट नदिन पर्चा बाँडिएको छ ।