भारतको पंजाब राज्यको खरडमा तीव्र गतिमा गुडिरहेको एक कारले डिभाइडरमा उभिएका दुई मानिसलाई ठोकेको खतरनाक भिडियो सार्वजनिक भएको छ ।
कारको गति तीव्र हुनाले दुवै युवकलाई लगभग १० फीटसम्म उफारेर सडकपारि फालेको थियो । कार स्ट्रीट लाइटको पोललाई भत्काउँदै कैयौं फीटसम्म घिस्रिँदै गएको थियो ।
दुर्घटनामा चारजनाको मृत्यु भएको छ र कैयौं मानिस घाइते छन् ।
खरड लुधियाना हाइवेमा मर्नेमा बाटोमा रहेका दुई र कारमा रहेका दुईजना छन् ।
आइतवार साढे दुई बजे घटना भएको हो ।
लगभग १२ चोटि पल्टा खाएर कार रोकिएको थियो । त्यो फूटओभर ब्रिजमा पनि ठोकिएको थियो ।
हाईवे पार गर्नका लागि डिभाइडरको बीचमा उभिएका सुरन्दिर सिंह छिन्दा र जमील खानले अनियन्त्रित कार देखेका थिए । उनीहरू बच्नका लागि अलिकति पछि हटेका पनि थिए । तर कारले उनीहरूलाई उडाइदियो ।
दुवैजनाको मृत्यु घटनास्थलमै भएको थियो ।
कारमा पाँचजना युवक थिए । कारचालक संजीत कुमारको घटनास्थलमा मृत्यु भएको छ । विक्रमजीतको चण्डीगढ अस्पताल लैजाँदै गर्दा मृत्यु भयो । राहुल यादव र अंकुश तथा अन्य एक युवक घाइते छन् ।
क्षतिग्रस्त कारमा रक्सीका बोतलहरू भेटिएका छन् ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :
https://dainik-b.in/cK0Gej9hBlb