
नेकपा एमालेको उपाध्यक्ष पदका लागि भएको मतदानमा घनश्याम भुसालले ७२५ मत पाएका छन् ।
मंगलवार चितवनको सौराहामा भएको मतदानमा भुसालले ७२५ मत प्राप्त गरेको नेकपा एमालेको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए ।
भुसालले आफु मार्क्सवादी भएकाले चुनावमा प्रतिष्पर्धा गर्न चाहेको बताएका थिए । केपी ओलीले सहमतिको सूची तयार गर्ने अधिकार पाएपछि पनि भुसालले चुनाव गरेर आफूहरूलाई हार्ने मौका दिन माग गरेका थिए ।
घनश्याम पराजित हुँदा ओलीले प्रस्ताव गरेका अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा बादल विजयी भएका छन् । भुसाल यसअघि नेकपा एमालेको उपमहासचिव थिए ।
दशौं महाधिवेशनबाट १ हजार ८ सय ३७ मत प्राप्त गरी केपी ओली अध्यक्षमा विजयी भएका छन् भने अध्यक्षका प्रत्यासी रावलले २ सय १३ मत प्राप्त गरेका छन् ।
मंसिर १० गते शुरू भएको एमालेको दशौं महाधिवेशन मंगलवार समापन हुँदैछ ।