१६ असार २०८३, मंगलबार

विवादलाई आपसी सहमतिमा टुंग्गो लगाउने प्रतिबद्धता

मंसिर १४, २०७८
विवादलाई आपसी सहमतिमा टुंग्गो लगाउने प्रतिबद्धता

गैरआवासीय नेपाली संघले संघको निर्वाचनमा देखिएका विवादलाई आपसी सहमतिमा टुंग्गो लगाउने प्रतिबद्धता जनाएको छ ।
संघका प्रवक्ता डिबी क्षेत्रीले मंगलवार एक विज्ञप्ति जारी गर्दै हरेक समस्याको समाधान लोकतान्त्रिक विधि पद्धत्ति र आपसी छलफलबाट मात्रै सम्भव हुने भएकाले आगामी दिनमा सहकार्य र सहमतिका साथ अघि बढ्न आह्वान गरेका छन् ।

विज्ञप्तिमा हरेक समस्याको समाधान लोकतान्त्रिक विधि पद्धत्ति र आपसी छलफलबाट मात्रै सम्भव हुने भएकाले आगामी दिनमा सहकार्य र सहमतिका साथ अघि बढ्न आह्वान गरिन्छ । निर्वाचन बिथोल्ने खालको  कुनै पनि किसिमका गतिविधि नगर्नरनगराउन पनि  सबैमा आग्रह गर्दछौ भनिएको छ।

यसैगरी, आसन्न निर्वाचनलाई प्रभावित पार्ने मनसायले यही डिसेम्बर १ तारिखमा राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको भेला आयोजना गरिएको भन्ने खबर प्राप्त भएकोले यसै सूचनामार्फत, गलत मनसाय प्रेरित कुनैपनि भेला वा कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइन्छ ।

संघको विधानको धारा १७ (७) मा राष्ट्रिय समन्वय परिषद्हरु संघसंग आबद्द रहनका लागि संघको निर्देशन पालना गर्नुपर्ने व्यवस्था भएको समेत स्मरण गराउंदै सोही अनुसार गर्न र गराउन समेत विज्ञप्ति मार्फत अनुरोध गरिएको छ  ।
संघले आसन्न निर्वाचनमा आ–आफ्नो स्थानबाट सहयोग गरिदिनु हुन सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई अनुरोध  गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्