११ असार २०८३, बिहीबार

नवनियुक्त आर्थिक मामिलामन्त्री विष्टले लिए शपथ

मंसिर १५, २०७८
नवनियुक्त आर्थिक मामिलामन्त्री विष्टले लिए शपथ

 कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले  विष्टलाई मङ्गलबार पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

विष्टलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार नै मन्त्रीमा नियुक्त गरेका थिए । विष्टलाई मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारको मन्त्रिपरिषद् तीन सदस्यीय बनेको छ । मन्त्री विष्टले मङ्गलबार नै पदबहाली गरेका छन् ।

सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त बैठकले विष्टलाई मन्त्रीमा सिफारिस गरेको थियो । उनी नेकपा (माओवादी केन्द्र) प्रदेशसभा सदस्य छन् ।

salt training

कमेन्ट गर्नुहोस्