जेठ ६, २०७९
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षकाे बजेट विगतको जस्तो निरन्तरता मात्रै नहुने र परिवर्तित स्वरूपमा आउँने बताएका छन् । प्रतिनिधि सभा संसदमा भएको पूर्व बजेट छलफल र त्यसमा संसदले उठाएका प्रश्नहरूको जवा...
नेशनल पेमेन्ट स्वीचअन्तर्गत रिटेल पेमेन्ट स्वीचको कार्यान्वयनलाई थप सहज गर्न नेपाल क्लियरिङ्ग हाउसले मंसिर ७ गते बाट लागू हुने गरी कनेक्टआईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ ।
नयाँ कारोबार शुल्क अनुरुप बैंक/वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले अब कारोबार रकम बमोजिम २ रुपैयाँदेखि ८ रुपैयाँसम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् ।
रु.५०० सम्मको भुक्तानीमा प्रति कारोबार शुल्क रु.२, रु.५०० भन्दा माथि रु.५,००० सम्म प्रति कारोबार शुल्क रु.४ र रु.५,००० भन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क रु.८ लागू हुने भएको छ । यसले ग्राहकहरुलाई एनसीएचएलका कनेक्टआईपीएस वेब/मोबाईल एप, बैंक/वित्तिय संस्थाका मोबाईल/इन्टरनेट बैंकिङ्ग वालेटमा फण्ड लोड/विड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ । कनेक्टआईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क रु २ देखि ५ कायम रहेको छ ।
नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम डिजिटल भुक्तानीको थप प्रवद्र्घनका निम्ती एनसीएचएलले समय–समयमा यथोचित रुपमा कारोबार शुल्क परिवर्तन गर्ने गरेको छ ।
हालै नेपाल राष्ट्र बैंकबाट बैंक/वित्तिय संस्थाको मोबाईल बैंकिङ्गमा कारोबर शुल्क रु १० देखि अधिकतम रु ३० सम्म तोकिएको थियो ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा नै कनेक्टआईपिएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत वृद्धी भएको छ त्यसै गरी उक्त प्रणालीमा हाल दैनिक औसत कारोबार संख्या ११७,०१२ तथा रकमको आधारमा दैनिक औसत रु ८.३ अर्ब बराबरको रहेको छ । कारोबार शुल्कमा गरिएको यस परिवर्तनले वैकल्पिक च्यानलहरु मार्फत गरिने रियल टाइम भुक्तानीलाई थप टेवा पुग्ने कम्पनीले जनाएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षकाे बजेट विगतको जस्तो निरन्तरता मात्रै नहुने र परिवर्तित स्वरूपमा आउँने बताएका छन् । प्रतिनिधि सभा संसदमा भएको पूर्व बजेट छलफल र त्यसमा संसदले उठाएका प्रश्नहरूको जवा...
आन्तरिक राजश्व विभाग अन्तर्गतको आन्तरिक राजश्व कार्यालय धुलिखेलले कर बक्यौता नतिर्ने ६१ कम्पनीको नाम सार्वजनिक गरेको छ । पटक पटक कर बक्यौता दाखिला गर्नका लागि ताकेता गर्दा पनि कर दाखिला नभएपछि नामावली स...
अर्थमन्त्री जनार्दन शर्माले बजेटमा कार्यक्रमको खाँचो नभएको तर त्यसको कार्यान्वयन नहुनु चाहिँ मुख्य समस्या भएको बताएका छन् । राष्ट्रिय सभाको पूर्व बजेट छलफललाई सम्बोधन गर्दैै अर्थमन्त्री शर्माले बजेटमा कार्यक्रम प्रशस्त आ...
कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले मध्य–पुर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ । जजीराले भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको शुरुवा...
नेपालमा लत्ताकपडादेखि भान्सामा प्रयोग हुने सामानसम्मका अधिकांश सामान आयातबाटै परिपूर्ति हुन्छ । नेपालीले आफ्ना छोराछोरी विदेश पठाउने र पैसा भित्र्याएर सामान किन्ने प्रवृत्ति बढिरहेको विषय संसद सदस्य गगन था...
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले निजी क्षेत्रलाई शिक्षा र स्वास्थ्यमा लगानी गर्न नदिनुपर्ने र भएका लगानीलाई पनि शेयर दिएर अन्यत्रै पठाउनुपर्ने बताएका छन् । यो क्षेत्रको पूर्ण दायित्व राज्यले लिनुपर्ने ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...