
देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आजबाट मध्यम तथा भारी हिमपातको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली धेरै स्थानहरूमा हिमपातको सम्भावना छ ।
त्यस्तै पहाडी र तराईका केही भूभागहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महशाखाले जनाएको छ ।
पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ ।
सोही प्रणालीका कारण आगामी दिनहरूमा तापक्रममा गिरावट आएर चिसो बढ्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार आगामी शुक्रवारबाट क्रमश यो प्रणाली सुदूरपश्चिम क्षेत्रबाट मौसममा विस्तारै कमजोर हुँदै जाने देखिन्छ ।