
युक्रेनका विषयमा आमनेसामने रहेका रुस र अमेरिकाले कुराकानी गर्ने एएफपी समाचार संस्थाले खबर दिएको छ ।
स्विडेनको राजधानी स्टकहोममा बिहीवार अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केन र उनका रुसी समकक्षी सर्गे लाभरोभबीच वार्ता हुने एक अमेरिकी अधिकारीले बुधवार बताएको एएफपी लेख्छ ।
रुस र युक्रेनको सीमामा तनाव चर्किरहेको बेलामा अमेरिकाले रुसलाई कुनै सैन्य कारवाही नगर्न चेतावनी दिएको छ । त्यस्तै रुसले पनि आफूले बनाएको लक्ष्मणरेखा ननाघ्न अमेरिकालाई चेतावनी दिएको छ । दुवै पक्षबीचको चर्को बाझाबाझका कारण युद्ध हुने सम्भावना बढेको थियो ।