०६ साउन २०८३, बुधबार

नासाले पत्ता लगायो एलियनको अस्तित्व (भिडियो सहित)

कात्तिक २०, २०७४
नासाले पत्ता लगायो एलियनको अस्तित्व (भिडियो सहित)

काठमाडौं, १२ असार — ह्याकर तथा अनलाइन कार्यकर्ताहरूको एक अज्ञात समूहले अमेरिकी अन्तरिक्ष नियोग नासाले अन्य ग्रहमा बस्ने एलियनहरूले अस्तित्व पत्ता लगाइसकेको बताएका छन् ।


नासाले छिट्टै यसको घोषणा गर्ने उनीहरूको भनाइ छ ।

एक अज्ञात व्यक्तिले जारी गरेको भिडियोमा अन्तरिक्ष यात्री तथा अन्तरिक्ष विज्ञानमा रुचि राख्नेहरूले पहिला पनि अन्य ग्रहमा बस्ने प्राणीको अस्तित्व रहेको बयान दिँदै आएका छन् । समय समयमा धर्तीका विभिन्न भागमा अन्य ग्रहका निवासी एवं युएफओ देखिएको प्रमाण पेश गरेका छन् ।

भिडियोमा भनिएअनुसार यी सबै प्रमाणले अन्तरिक्षमा कुनै ठूलै कुरा हुन लागेको संकेत दिन्छन् । यी अज्ञात व्यक्तिहरूले नासाले गरेका केही खोज तथा अप्रिलमा अमेरिकी संसदमा एड्भान्सेस इन द सर्च फर लाइफमाथि नासाको एक प्रवक्ताले गरेको टिप्पणीका आधारमा यो दाबी गरेको हो ।

नासामा विज्ञान मिसन निर्देशनालयका सहप्रशासक टमस जुर्बुचेनले नासाका हालैका प्रगतिहरूले अन्य ग्रहका प्राणीको अस्तित्वका प्रमाणहरू पाइएको संकेत गर्ने बताए ।

हेरौं भिडियो :

एजेन्सी

कमेन्ट गर्नुहोस्