
नेपालीको रोजगार गन्तव्य साउदी अरबमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ ।
साउदीको सरकारी न्युज एजेन्सीका अनुसार उत्तरी अफ्रिकी देशबाट आएका साउदी नागरिकमा ‘ओमिक्रोन’ संक्रमण देखिएको हो ।
डरलाग्दो भेरियन्ट पत्ता लागेपछि स्थानीय अधिकारीले संक्रमित, उनको परिवार र सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टीनमा राखिएको छ । खाडी देशहरूमा ‘ओमिक्रोन’ भेटिएको यो पहिलो घटना हो । हालसम्म ‘ओमिक्रोन’ १४ भन्दा बढी देशमा भेटिएको छ ।
कोरोनाको खतरनाक भेरियन्ट ‘ओमिक्रोन’ हालसम्म दक्षिण अफ्रिका, यूरोप, बेलायत, नेदरल्यान्ड, ल्याटिन अमेरिका लगायत क्षेत्रमा फैलिएको छ ।