२४ जेठ २०८३, आइतबार

बेलारुसका राष्ट्रपतिले युक्रेनको राजधानी पनि हाम्रो हो भनेपछि...

मंसिर १६, २०७८
बेलारुसका राष्ट्रपतिले युक्रेनको राजधानी पनि हाम्रो हो भनेपछि...

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले युक्रेनको राजधानी कीभ पनि आफूहरूकै हो भनेपछि युक्रेनले नेटोलाई रुसी आक्रमणबाट बचाउन अनुरोध गरेको छ । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थन पाएका लुकाशेन्कोको यस बयाने पश्चिमलाई झस्काएको छ । 

पुटिनले युक्रेन सीमामा ९४ हजार सैनिकहरू पठाएपछि रुसी आक्रमणको आशंका गरिएको छ । सन् २०१४ मा रुसले क्राइमिया कब्जा गरेभन्दा खतरनाक आक्रमण हुने आशंका छ । 

उता युक्रेनले आफ्नो कुल सैनिकको आधा अर्थात् १ लाख २५ हजार सैनिकहरू डोनबास क्षेत्रमा पठाएको रुसले दाबी गरेका छ । उक्त क्षेत्रमा सरकारी सुरक्षा बलले रुसको समर्थन प्राप्त पृथक्तावादीहरूसँग विगत आठ वर्षदेखि लड्दै आएका छन् । 

लाट्भियामा भएको नेटोको सम्मेलनमा युक्रेनका परराष्ट्रमन्त्री दिमित्रो कुलेबाले तीनवटा तरिका अपनाएर रुसको आक्रमण रोक्न सकिने बताए । मस्कोसँग संवाद, प्रतिबन्धको धम्की तथा कीभलाई सैन्य सहयोग ती तरिका भएको उनको भनाइ छ । 

त्यसको जवाफमा पुटिनले नेटोको थप विस्तार रोक्नका लागि पश्चिमले दिने प्रत्याभूतिलाई मस्कोले अपेक्षा गरिरहेको बताएका छन् । 

यसैबीच रुस र अमेरिकाका परराष्ट्रमन्त्रीबीच स्टकहोममा युक्रेनकै विषयमा वार्ता हुन लागेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्