१५ असार २०८३, सोमबार

संविधान संशोधनबिना मुलुकले निकास पाउँदैन : महामन्त्री कोइराला

कात्तिक २०, २०७४
संविधान संशोधनबिना मुलुकले निकास पाउँदैन : महामन्त्री कोइराला


पर्सा, १६ पुस - नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले राजनीतिक स्थिरता नभएसम्म मुलुकले विकासको फड्को मार्न नसकिने धारणा व्यक्त गर्नुभएको छ ।

वीरगन्ज अशोकवाटिकामा निर्माण हुन लागेको विपी सेवा आश्रमको आज शिलान्यास गर्दै महामन्त्री कोइरालाले हाल देखिएको राजनीतिक असमझदारीलाई वार्ता र संवादको माध्यमले समाधान गरी मुलुकलाई राजनीतिक स्थायित्व दिन दलहरूको काँधमा जिम्मेवारी आएकोे विचार व्यक्त गर्नुभयो ।

उहाँले विपी कोइरालाको मेलमिलापको सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टीभित्र र अन्य पार्टीसँग मेलमिलाप गरी अघि बढे मुलुकले निकास पाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले ६० वर्षदेखि अस्थिताको भूमरीमा फसेको मुलुकलाई निकास दिन संविधान आएपनि संविधानमा रहेका कमी कमजोरीलाई संशोधनका माध्यमले समाधान गर्दै अगाडि बढेमात्र मुलुकको विकास गर्न सकिने बताउनुभयो ।

महामन्त्री कोइरालाले संविधान संशोधन नभएसम्म स्थानीयलगायत तीनै तहको निर्वाचन हुन नसक्ने अवस्था रहेकाले संविधान कार्यन्वयनका लागि सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्तावलाई पारित गरी मुलुकलाई निकास दिन सबै राजनीतिक दलहरूसँग आग्रह गर्नुभयो ।

उहाँले पुरानै संरचनाअनुसार एकपटकका लागि स्थानीय निकायको निर्वाचन गरी संविधान कार्यान्वयनलाई सहजता प्रदान गर्न राजीतिक दलहरूसँग अपिल गर्दै समय कम रहेकाले विवादभन्दा समाधानको उपचारमा दलहरू लाग्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, सांसद राजेन्द्रबहादुर अमात्यलगायतका वक्ताले बिपीको मेलमिलाप नीतिको चर्चा गर्दै नेताहरूले नेपाली जनताप्रतिको दायित्वलाई निर्वाह गरी संसदको अवरोधलाई छोडी वार्ता र संवादमा आउन आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका नेता राजकृष्ण अमात्यले प्रदान गर्नुभएको करिब रु २० लाख बराबरको जग्गामा आश्रमको निर्माण हुन लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्