२२ जेठ २०८३, शुक्रबार

सुनगाभा स्कूलका शिक्षकले गरे विद्यार्थीमाथि निर्घात कुटपिट

मंसिर १६, २०७८
सुनगाभा स्कूलका शिक्षकले गरे विद्यार्थीमाथि निर्घात कुटपिट

झापाको बिर्तामोड–५ मा रहेको सुनगाभा इङ्गलिस स्कूलका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । 

विद्यालयका शिक्षक विकास पोखरेलले ३ कक्षामा अध्यनरत ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनालाई कुटपिट गरेका हुन् ।

पीडित विद्यार्थीले आफूलाई सोधेको कुरा नआउँदा शिक्षकले पिटेको बताए ।
 
अभिभावकले शिक्षकले माफी माग्नुपर्ने र कानूनी कारवाही भोग्नुपर्ने माग गरेका थिए । त्यसपश्चात् विद्यालय प्रशासनले शिक्षकलाई भगाएको थियो ।

आफ्नो नानीलाई शिक्षकले कुटेपछिको चोट हेर्न नसकेको र आफ्नो मन पनि थाम्न नसकेको आमा अन्जना तिम्सिनाको भनाइ छ ।

छोराको खुट्टा र गालामा भएको चोट हेर्दै आमा अञ्जना भन्छिन्, ‘यो विद्यालय कि यातनालय ? यस्ता शिक्षकलाई कारबाही होस् ।’
 

salt training

कमेन्ट गर्नुहोस्