
नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने स्थिर छ ।
शुक्रवार चाँदी प्रति तोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।