दक्षिण भारतीय फिल्म उद्योगका चर्चित हिरो रवि तेजाको भाईको सडक दुर्घटनामा निधन भएको छ ।
शनिबार रति उनको कार दुर्घटनामा निधन भएको हो । हैदरावादको आउटर रिंग रोडमा एक ट्रकबाट ठोकिएको थियो ।

ट्रक सडमा रोकिएको थियो र कारको गती यति धेरै थियो कि उनको घटनास्थलमै मृत्यु भयो ।
यसपछि उनको अन्तिम संस्कार आनन फनमा गरिएको छ । तर, अचम्मको कुरा उनको मृत्युमा उनका दाजु तथा हिरो रवि तेजा उपस्थित थिएनन् ।
बलिउडलाइफको एक समाचार अनुसार शहरमा भएपनि रवि तेजा र उनको परिवारको कोही सदस्य पनि उनको अन्तिम संस्कारमा सहभागी भएनन् । तेजा परिवार यति ठूलो पिर र चिन्तमा परेको थियो कि उनीहरुले त्यहाँ जानुपर्ने फैसला गर्नै सकेनन् । रविको सानो भाइ रघु भने ढिला गरि पुगेका थिए ।
यी भरत ४५ वर्षका थिए । प्रहरी घटनास्थलमा ५–६ मिनेटमा पुगेका थिए । उनेका कार यतिधेरै क्षतिग्रस्त भएको थियो जसको शव निकाल्न ४५ मिनेट लागेको थियो ।