१० असार २०८३, बुधबार

कांग्रेसलाई गतिशील र ऊर्जावान बनाउन नेतृत्वमा नयाँ विचारको आवश्यकता छ- शेखर कोइराला

मंसिर १७, २०७८
कांग्रेसलाई गतिशील र ऊर्जावान बनाउन नेतृत्वमा नयाँ विचारको आवश्यकता छ- शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई गतिशील र ऊर्जावान बनाउन नेतृत्वमा नयाँ पुस्ता र नयाँ विचार आवश्यक रहेको बताएका छन् । 

नेपाली कांग्रेस प्रदेश १ को प्रथम अधिवेशनलाई शुक्रवार विराटनगरमा सम्बोधन गर्दै कोइरालाले युग सुहाउँदो कांग्रेस निर्माण गर्नुपर्ने समय आएको बताएका हुन् । 

‘कांग्रेसको इतिहास र संघर्षका गाथा जति बलिदानपूर्ण र गौरवशाली छ पार्टीको वर्तमान अवस्था ठिक छैन,’ कोइरालाले भने, ‘पार्टी गतिशील र ऊर्जावान हुन नेतृत्वमा नयाँ पुस्ता, नयाँ विचार, नयाँ कार्यशैली र नयाँ कार्यक्रमको आवश्यकता छ । चालु महाधिवेशनले हामीलाई युग सुहाउँदो कांग्रेस निर्माण गर्ने अवसर प्रदान गरेको छ ।’

कोइरालाले भविष्यको नयाँ कांग्रेस निर्माणमा आफ्नो अन्तरआत्माको आवाज सुन्न कांग्रेस प्रतिनिधिहरूलाई आग्रह गरे । ‘को नेतृत्वमा पुग्छ भन्दा पनि कस्तो कांग्रेस निर्माण गर्ने भन्ने गहन जिम्मेवारी प्रतिनिधि साथीहरूको विवेकमा भर पर्छ,’ कोइरालाले भने । 

कांग्रेसमा अहिले देखिएको भागबन्डा, गुट र फुट अन्तको लागि शहीदलाई स्मरण गरेर भविष्यको कांग्रेसबारे अन्तरआत्माको पुकार सुन्नुपर्ने कोइरालाले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्