२४ जेठ २०८३, आइतबार

नेपाल एसबीआई बैंकले जानकी मन्दिर सफा राख्न दियो १२ वटा डस्टबिन

मंसिर १७, २०७८
नेपाल एसबीआई बैंकले जानकी मन्दिर सफा राख्न दियो १२ वटा डस्टबिन

नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जानकी मन्दिर व्यवस्थापनलाई मन्दिर परिसरलाई सफा राख्न १२ वटा डस्टबिन उपलब्ध गराएको छ।

यस पहलले जानकी मन्दिरको सौन्दर्यमा वृद्धि हुनका साथै पर्यटन प्रवद्र्धन र मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीको आरामदायी बसाइमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यस अवसरमा बैंकले जानकी मन्दिरमा क्यूआर कोड र पीओस् मेसिन हस्तान्तरण तथा जडान गरेको छ जसले स्वदेशी तथा विदेशी तीर्थयात्रीहरूबाट डिजिटल माध्यमबाट चन्दा प्राप्त गर्न सक्नेछ । 

जानकी मन्दिरमा आयोजना भएकोे समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख संचालन अधिकृत यादवेंद्र कांतले डस्टबिन, क्यूआर कोड, पीओएस उत्तराधिकारी महन्ता राम रोशनदास वैष्णलाई हस्तान्तरण गरे  । 

उक्त समारोहमा बैंकका प्रदेश-२, प्रमुख लेखनाथ पोखरेल, जनकपुर शाखा प्रबन्धक दीपेन्द्र ठाकुर तथा बकैंका अन्य पदाअधिकारीहरुका साथै जानकी मन्दिर व्यवस्थापनका तर्फबाट श्रीराम तपेश्वर दास वैष्णव, पुजारी ऋषिकेश झा, र मन्दिर व्यवस्थापनका पदाधिकारी तथा सयौं तीर्थयात्रीहरुको उपस्थिति रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्