
कांग्रेसको बागमती प्रदेश सभापतिका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
संस्थापन पक्षबाट बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता ईन्द्र बानिया र संस्थापन इतरबाट जगदीश्वर नरसिंह केसी उम्मेदवार छन् ।
बानियाँ कांग्रेस मकवानपुरको सभापति हुन् भने केसी दुई कार्यकाल नेपाली कांग्रेस नुवाकोटको सभापति बनेका थिए ।
कृष्णप्रसाद सिटौला समूहबाट भीमसेनदास प्रधानले पनि सभापतिमा उम्मेदवारी दिएका छन् ।
कतिपय स्थानमा संस्थापन पक्ष र सिटौला समूहबीच तालमेल भइरहेको छ ।