१२ असार २०८३, शुक्रबार

कोरोनाभाइरसबाट रुसमा थप ३३ हजार सङ्क्रमित

मंसिर १७, २०७८
कोरोनाभाइरसबाट रुसमा थप ३३ हजार सङ्क्रमित

रुसमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप झण्डै ३३ हजार नयाँ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य अधिकारीहरूले शुक्रबार बिहान दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा रूसमा ३२ हजार ९३० जना नयाँ सङ्क्रमित भएका हुन् ।

योसँगै कुल सङ्क्रमितको सङ्ख्या ९७ लाख ३६ हजार ३७ पुगेको अधिकारीले जनाएका छन् ।

नयाँ सङ्क्रमितमध्ये राजधानी मस्कोमा मात्रै सङ्क्रमित भएकाहरूको सङ्ख्या भने तीन हजार ३०४ रहेको छ ।

त्यसैगरी सोही अवधिमा देशभरी कोरोनाका कारण एक हजार २१७ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् ।
 
रूसमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको कूल सङ्ख्या दुई लाख ७८ हजार ८५७ पुगेको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना भएकामध्ये ३६ हजार ५१४ जना पछिल्लो २४ घण्टामा अस्पतालबाट घर फर्किएका छन् ।

योसँगै रूसमा कोरोनाभाइरसबाट सङ्क्रमुक्त भएकाहरुको कूल सङ्ख्या ८४ लाख ३६ हजार ६३१ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्