×

NMB BANK
NIC ASIA

पर्सामा विशेष खोप अभियान सञ्चालन हुने

मंसिर १८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पर्सामा कोरोना भाइरसविरुद्ध विशेष खोप अभियान सञ्चालन हुने भएको छ । ‘हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौँ’ भन्ने नाराका साथ यही मङ्सिर  २२, २३ र २४ गते खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको खोप समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । 

Muktinath Bank

जिल्लाभरी पूर्ण खोप लिन बाँकी रहेका १८ वर्ष उमेरभन्दा माथिका सबै व्यक्तिलाई खोप लगाउने गरी तयारी थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल १०२ वटा खोप केन्द्र रहेको जिल्लामा अभियानका लागि १० खोप केन्द्रसमेत थप गरिएको हो । आवश्यकताका आधारमा खोप केन्द्र थप गर्न सकिने कार्यालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धेरैभन्दा धेरै नागरिकले खोप लगाउन भन्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको प्रजिअ ढकालले जानकारी दिए । वीरगञ्ज महानगरपालिकाको बढी भिडभाड हुने क्षेत्र घण्टाघर चोक, नयाँ बसपार्क, माइस्थान चोक, आदर्शनगर चोक, भन्सार र ड्राइपोर्ट चोकमा समेत खोप केन्द्र स्थापना गर्ने गरी तयारी गरिएको छ ।


Advertisment
Nabil box
Kumari

पोखरिया नगरपालिकामा हाट बजार लाग्ने दिन थप एउटा खोप केन्द्र सञ्चालन गर्नेगरी तयारी गरिएको जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए  । “कोरोना भाइरसविरुद्ध खोप लगाएपछि सङ्क्रमणको जोखिम कम हुने र सङ्क्रमण भइहाले पनि गम्भीर बिरामी पर्ने दर कम छ ।” 

Vianet communication
Laxmi Bank

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले भेरोसेल र सिनोफार्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोपकोसमेत सुनिश्चितता भइसकेको पत्र स्वास्थ्य कार्यालय पर्सालाई पठाएको छ । त्यसैले अभियानमा भेरोसेल, सिनोफार्म खोपको छुटेको दोस्रो मात्रा पनि प्रदान गर्नेगरी तयारी गरिएको छ । 

खोप अभियान सफल बनाउन स्थानीय तहले महिला स्वयंसेविकालाई घरघरमा पठाएर खोपबारेमा जानकारी गराउन लगाउने, अभियानका लागि तत्काल खोप पु¥याउन आवश्यक सामग्रीको व्यवस्थापन स्वास्थ्य कार्यालयले गर्ने, यसअघि भेरोसेल, सिनोफार्म खोपको पहिलो मात्रा लिएको र समय पुगेकालाई दोस्रो मात्रा खोप दिने, कोभिसिल्ड वा एस्ट्राजेनिका खोपको पहिलो मात्रा लिएकालाई खोप आधारमा दोस्रो मात्रा सम्बन्धित पालिकाले नै अभियानको अन्तिम दिन दिने योजना छ  ।  

अभियानलाई अझ प्रभावकारी बनाउन कोभिड–१९ विरुद्धको खोपस्तरीय कार्यक्रम सञ्चालन मार्गदर्शन २०७८ बमोजिम निजी तथा गैरसरकारी अस्पतालमा पनि खोप सेवा सञ्चालन गरिने गरी तयारी गरिएको हो । वीरगञ्ज विर्तास्थित नारायणी सेन्ट्रल हस्पिटल आइतबार, गण्डकस्थित वीरगञ्ज हेल्थ केयर हस्पिटलमा मङ्गलबार र लिङ्करोडस्थित भवानी हस्पिटलमा बिहीबार खोप दिने व्यवस्था मिलाउने मिलाइएको हो । जिल्लामा एक लाख ३० हजार ६७२ जनाले कोरोनाविरुद्ध खोप लगाइसकेका छन् । यो लक्षित जनसङ्ख्याको २९.६७ प्रतिशत हो । जिल्लामा १८ वर्षभन्दा माथिका चार लाख ४७ हजार जनसङ्ख्या छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x