१६ असार २०८३, मंगलबार

भारतमा थप आठ हजार ६०३ जना कोरोना सङ्क्रमित

मंसिर १८, २०७८
भारतमा थप आठ हजार ६०३ जना कोरोना सङ्क्रमित

भारतमा  शुक्रवार आठ हजार ६०३ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख २४ हजार ३६० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिवार जानकारी दिएको छ । 

शुक्रवार कोरोना सङ्क्रमणबाट ४१५ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७० हजार ५३० पुगेको छ । भारतमा अझै पनि ९९ हजार ९९४ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । 

गएको २४ घण्टामा भारतमा आठ हजार १९० जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ५३ हजार ८५६ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्