२४ जेठ २०८३, आइतबार

लैनचौर टिम च्याम्पियन

मंसिर १८, २०७८
लैनचौर टिम च्याम्पियन

लैनचौर तेक्वान्दो डोजाङले गोकर्णेश्वर नगर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिवार जितेको छ । ६ स्वर्ण, ५ रजत र ५ कास्यसाथ लैनचौर समग्रमा टिम च्याम्पियन बन्यो ।

गोकर्णेश्वर नगर तेक्वान्दो कमिटीको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा अल्टिमेट दोश्रो भयो । अल्टिमेटले समान ४–४ स्वर्ण र रजत हात पार्‍यो । तेश्रो स्थानको मुलपानी तेक्वान्दो डोजाङले ३ स्वर्ण, २ रजत र ३ कास्य प्राप्त गर्‍यो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।

जोरपाटीस्थित इस्टपोल स्कुलमा भएको प्रतियोगिताको पुरुषमा लैनचौरका सुशान्त भुजेल तथा महिलामा मैजुकुमारी तेक्वान्दो डोजाङकी शीतला बोहरा उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई संघीय सांसद कृष्ण राई, नेपाल तेक्वान्दो संघका सदस्य राम गिरी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्का, प्रतियोगिता संयोजक एवं आयोजक कमिटीका अध्यक्ष सोवितमान गिरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न २० स्पर्धामा २ सय ५० खेलाडी सहभागी थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्