
राप्रपामा एकता महाधिवेशनको मतगणनामा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनले अग्रता कामय गरेका छन् ।
मतगणनाबारे कुरा गर्दै राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले आइतबार विहान ५ : १५ बजेसम्म अध्यक्ष पदका लागि भएको मतदानको एक हजार ५० मत गणना हुँदा कमल थापाले ४३१ मत प्राप्त गरेका छन् भने राजेन्द्र लिङ्देनले ५१६ मत प्राप्त गरेको बताए ।
कुल तीन हजार ८७३ जनाले मतदान गरेका थिए । मत गणना अन्तिम चरणमा पुगेको र अध्यक्षबाहेक अन्यको परिणाम आइसकेको जनाइएको छ ।