१७ असार २०८३, बुधबार

कमल थापाले हार स्वीकारे, राजेन्द्र लिङ्देनलाई दिए बधाई

मंसिर १९, २०७८
कमल थापाले हार स्वीकारे, राजेन्द्र लिङ्देनलाई दिए बधाई

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएसँगै प्रत्यासी कमल थापाले हार स्वकार्दै लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन् । ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना’, थापाले आइतबार सामाजिक सञ्जालमार्फत भनेका छन् ।

थापाले प्रतिकुल परिस्थितिमा समेत आफूमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण नेता कार्यकर्तामाथि आभार प्रकट समेत गरेका छन् । उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।’ उनले त्यसका लागि पूर्वराजा ज्ञानेन्द्र शाहलाई व्यङ्ग्य गर्दै धन्यवाद भनेका छन् । उनले भनेका छन्, ‘मैले राहत र उन्मुक्ति पाएको छु।

सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो। सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’

salt training

कमेन्ट गर्नुहोस्