०८ साउन २०८३, शुक्रबार

भारतको नागाल्यान्डमा सेनाले गरेको कारवाहीमा निर्दोष गाउँलेहरू मारिएपछि हंगामा

मंसिर १९, २०७८
भारतको नागाल्यान्डमा सेनाले गरेको कारवाहीमा निर्दोष गाउँलेहरू मारिएपछि हंगामा

भारतको उत्तरपूर्वी राज्य नागाल्यान्डमा सेनाले गरेको सुरक्षा कारवाहीमा १३ जना निर्दोष सर्वसाधारण मारिएपछि स्थानीय र सुरक्षाकर्मीहरूबीच हिंस्रक भिडन्त भएको छ । 

मोन जिल्लामा सुरक्षाफौजले गश्ती गर्दा सर्वसाधारणलाई सशस्त्र लडाकू भन्ठानेका थिए । 

शनिवार अबेर राति गरेको कारवाही विश्वसनीय सूचनाका आधारमा गरिएको भारतीय सेनाले जनाएको छ । सेनालाई पृथक्तावादी समूह नेसनलिस्ट सोसलिस्ट काउन्सिल अफ नागाल्यान्डका सदस्यहरूको गतिविधिका बारेमा सेनालाई सूचना आएको थियो । 

तिरु क्षेत्रमा सर्वसाधारणहरूलाई ओसारपसार गरिरहेको पिकप ट्रकमा विद्रोही रहेको भन्ठानेर सेनाले गोली चलाएको थियो । 

कोइलाखानीमा काम गर्ने मजदूरहरू गाउँ फर्किरहेको बेलामा घटना भएको हो । घटनामा ११ अन्य व्यक्ति घाइते भएका छन् भने दुईजना हराइरहेका छन् । 

घटनाको जानकारी पाएपछि रिसाएको भीडले सुरक्षाफौजहरूलाई घेरेर निर्दोष मानिस मारेको आरोप लगाएको थियो । स्थिति नियन्त्रणबाहिर पुगेपछि हिंस्रक भिडन्त भयो । 

विरोध गर्ने सातजना घाइते भएको र सैनिकहरूले आत्मरक्षामा गोली चलाएको प्रहरीको भनाइ छ । 

सेना एकजना सैनिक मारिएको र अन्य कैयौं घाइते भएको तथा सुरक्षाफौजहरूले उपयोग गरेका तीनवटा एसयूभीहरूमा आगजनी गरिएको जनाएको छ । 

गृहमन्त्री अमित शाहले घटनाको छानबिन गर्ने आश्वासन दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्