बैशाख १३, २०७९
केन्द्रीय गठबन्धनले गरेको सहमतिविपरीत बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा जनता समाजवादी पार्टीले प्रमुख/उपप्रमुख दुवै पदमा उम्मेदवारी मनोनयन दर्ता गराएको छ । सहमतिविपरीत जसपाले प्रमुखमा सोहन शर्मा र उपप्र...
काठमाडाैं | मंसिर १९, २०७८
गत सोमवार अमेरिकाको रक्षा मन्त्रालयले सार्वजनिक गरेको ग्लोबल पोस्चर रिभ्युले अमेरिका थप युद्धहरूमा संलग्न रहने स्पष्ट संकेत दिएको छ ।
महिनौंको विश्लेषण र अमेरिकाका विभिन्न सरकारी निकायहरूबीचको समन्वयका आधारमा यो समीक्षा तयार पारिएको अमेरिकाको रक्षा मन्त्रालयको कथन छ । राष्ट्रिय सुरक्षा रणनीतिको मस्यौदा तयार पार्नका लागि यस समीक्षाले योगदान गर्नेछ । प्रतिस्पर्धी मुलुकहरू चीन र रुसलाई फाइदा पुग्न सक्ने आकलन गर्दै उक्त समीक्षाको पूर्ण प्रतिवेदन सार्वजनिक गरिएको छैन ।
प्रतिवेदनको रूपरेखाका बारेमा अमेरिकाको रक्षा मन्त्रालयले दिएको जानकारीलाई हेर्दा अमेरिकाले शीतयुद्धकालीन मानसिकताका साथ चीन र रुससँगको प्रतिस्पर्धालाई चर्काउन खोजेको देखिने भनी दी इन्टरसेप्ट पत्रिकामा जेरेमी स्काहिलले टिप्पणी गरेका छन् ।
त्यस्तै अमेरिकाका सैन्य विश्लेषक स्कट रिट्टरले ग्लोबल टाइम्समा यस समीक्षाको विश्लेषण गर्दा दुईवटा कुरा पाएका छन् ।
उनका अनुसार, पहिलो कुरा त यस समीक्षाले अमेरिकाको राष्ट्रिय सुरक्षालाई चीनसँग एक पक्ष मात्र अन्तिममा बाँकी रहने (जिरो सम) लडाइँका रूपमा लिएको छ । दोस्रो, बाइडन प्रशासनले अमेरिका र चीनबीचको संघर्षलाई लोकतन्त्र तथा निरंकुशताको लडाइँका रूपमा लिएको छ ।
तदनुरूप चीनलाई हिन्द–प्रशान्त क्षेत्रमा जसरी भए पनि रोक्ने अमेरिकाको रणनीति हो । समीक्षाको सारांशमा स्पष्ट रूपमा लेखिएको छ, ‘हिन्द प्रशान्त क्षेत्रमा यस समीक्षाले साझेदार र सहयोगीहरूसँग थप सहकार्य गर्न निर्देशन दिएको छ । क्षेत्रीय स्थिरतामा योगदान गर्ने पहलहरूलाई अघि बढाउन अनि चीनको सैन्य आक्रामकता तथा उत्तर कोरियाबाट आउने जोखिमलाई निवारण गर्न सहकार्य गरिनेछ ।’
चीनको घेराबन्दी गर्नका लागि अस्ट्रेलिया र प्रशान्त महासागरमा रहेका टापु मुलुकहरूमा सैन्य पूर्वाधार निर्माण गर्ने र सैन्य साझेदारी बढाउने उल्लेख पनि समीक्षामा गरिएको छ । विशेषगरी अस्ट्रेलिया र ग्वाममा सैन्य अड्डा बनाएर चीनलाई सेकेन्ड आइल्यान्ड चेनमा घेराबन्दी गर्ने अमेरिकाको योजना देखिन्छ ।
सेकेन्ड आइल्यान्ड चेन भन्नाले जापानको बोनिन टापुसमूह र भोल्केनो टापुसमूहदेखि लिएर मारियाना टापुसमूहको ग्वाम अनि पश्चिमी क्यारोलाइन टापुसमूहदेखि पश्चिमी न्यु गिनीसम्मको क्षेत्र हो ।
कुरिल टापुसमूहदेखि ताइवान र फिलिपिन्स हुँदै बोर्नियोसम्मको क्षेत्र चिनियाँ भूभागबाट अत्यन्तै नजिक छन् र तिनलाई फर्स्ट आइल्यान्ड चेन भनिन्छ । त्यसको सबभन्दा महत्त्वपूर्ण टापु ताइवान हो र त्यसमा कब्जा गर्न सके वरपरका क्षेत्रमा शक्तिप्रदर्शन गर्न चीनलाई सहज हुनेछ । त्यसैले अमेरिका कुनै पनि हालतमा चीनलाई ताइवानमाथि कब्जा जमाउन दिने पक्षमा छैन ।
तर ग्लोबल पोस्चर रिभ्युमा अमेरिकाले जोड दिएर सेकेन्ड आइल्यान्ड चेनलाई सैन्य रूपमा थप सशक्त बनाउन खोजेको देख्दा कतै उसले फर्स्ट आइल्यान्ड चेनमा हार मानिसकेको त हैन भन्ने प्रश्न पनि उठाउन सकिन्छ ।
विशेषगरी चीनका परम्परागत ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्रहरूमा फर्स्ट आइल्यान्ड चेनलाई तहसनहस बनाइदिन सक्ने क्षमता विकसित भइसकेको अमेरिकाको थिंकट्यांक र्यान्ड कर्पोरेसनले आकलन गरेको छ । त्यसभन्दा एक कदम अघि बढ्दै चीनका हतियारले सेकेन्ड आइल्यान्ड चेनमा रहेका अमेरिकाका सैन्य अड्डालाई समेत जोखिममा पार्न थालेकाले अमेरिकाले त्यहाँ सैन्य मजबूती बढाउन खोजेको देखिन्छ ।
अमेरिकाले त्यस क्षेत्रमा जमीनबाट मार हान्ने मध्यम दूरीका क्षेप्यास्त्रहरू तैनाथ गर्ने सम्भावना छ । यही सम्भावनालाई मद्देनजर गर्दै अमेरिकाले सन् २०१९ मा इन्टरमिडिएट रेन्ज न्युक्लीयर फोर्सेस सन्धिबाट हात झिकेको थियो ।
उक्त सन्धिले ५०० देखि ५ हजार किलोमिटर दूरीको दायरामा जमीनबाट मार हान्ने ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्रहरूको तैनाथीमा प्रतिबन्ध लगाएको थियो । अब त्यस सन्धिमा नबाँधिएको अमेरिकाले सेकेन्ड आइल्यान्ड चेनका मुलुकहरूमा त्यस्ता क्षेप्यास्त्र राख्न सक्ने देखिन्छ ।
हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेरिकाले यसै कडीमा अकस साझेदारी पनि ल्याएको यहाँ स्मरणीय छ ।
अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको यस साझेदारीले अमेरिकालाई हिन्द प्रशान्त क्षेत्रमा निगरानी गर्ने अवसर दिएको छ । अमेरिकाले अस्ट्रेलियालाई आणविक ऊर्जाबाट चल्ने पनडुब्बीको सम्झौता गराएर अस्ट्रेलियामा सैन्य उपस्थिति बढाउने रणनीति बनाएको स्पष्ट हुन्छ । अस्ट्रेलिया सेकेन्ड र थर्ड आइल्यान्ड चेनको बीचमा पर्ने रणनीतिक रूपमा महत्त्वपूर्ण मुलुक हो ।
अस्ट्रेलियामा अमेरिकाले लडाकू तथा वमवर्षक विमानहरू तैनाथ गर्ने अनि स्थलसेनाको तालिम तथा बन्दोबस्तीका सामानमा थप साझेदारी गर्ने जानकारी रक्षा मन्त्रालयकी अधिकारी मारा कार्लिनले दिएकी छन् । त्यसका साथै दक्षिण कोरियामा अट्याक हेलिकप्टरको जत्था तथा आर्टिलरी डिभिजनको हेडक्वार्टर पनि राख्ने अमेरिकाको योजना रहेको छ ।
त्यस्तै उक्त क्षेत्रको अर्को सानो मुलुक पालाउमा पनि अमेरिकाले सैन्य अड्डा राख्न खोजेको छ । ताइवानलाई मान्यता दिने सीमित मुलुकहरूमध्ये एक पालाउलाई फकाउनका लागि सन् २०१९ को अगस्ट महिनामा अमेरिकाका तत्कालीन रक्षामन्त्री मार्क एस्पर त्यहाँ पुगेका थिए । पालाउ चीनको बेल्ट यान्ड रोड इनिसिएटिभतिर नलागोस् भनी अमेरिकाले वर्षैैपिच्छे त्यहाँ ठूलो लगानी गर्ने कुरा पनि एस्परले उठाएका थिए ।
अमेरिका आफैं मात्र नभई आफ्ना साझेदारहरूलाई पनि युद्धको भुमरीमा पार्न तम्तयार रहेको यसबाट देखिने भनी काउन्टरपन्च नामक वेबसाइटमा विनोय क्याम्पमार्कले गरेको टिप्पणी गरेका छन् ।
हिन्द प्रशान्त क्षेत्रबाहेक बाइडन प्रशासनले युरोप, पश्चिम एसिया, हर्न अफ अफ्रिका लगायतका ठाउँमा पनि सैन्य उपस्थिति कायम राख्ने र त्यसलाई थप बलियो बनाउने ग्लोबल पोस्चर रिभ्युमा उल्लेख गरिएको छ ।
युक्रेन संकटका कारण रुससँग अनि ताइवानका कारण चीनसँग अमेरिकाको भिडन्त हुने सम्भावना जीवितै छ । त्यसबाहेक इरानसँगको आणविक सम्झौता वार्ता पनि गत साता हुन नसकेर धकेलिएको छ र त्यसको कुनै टुंगो छैन ।
यस्तो अवस्थामा अमेरिकाले संसारभरि आफ्नो सैन्य शक्ति प्रदर्शनलाई थप चर्काउने संकेत दिने गरी ग्लोबल पोस्चर रिभ्यु सार्वजनिक गरेको छ । युद्ध भन्दा पनि कूटनीतिमा विश्वास गर्ने भनिएका बाइडनले अमेरिकाको युद्ध पूँजीवादी नीतिलाई पल्टाउने हैसियत राख्दैनन् भन्ने तथ्यलाई यसले स्थापित गरेको छ ।
केन्द्रीय गठबन्धनले गरेको सहमतिविपरीत बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा जनता समाजवादी पार्टीले प्रमुख/उपप्रमुख दुवै पदमा उम्मेदवारी मनोनयन दर्ता गराएको छ । सहमतिविपरीत जसपाले प्रमुखमा सोहन शर्मा र उपप्र...
सत्ता गठबन्धनबीच चुनावी तालमेलको भागबण्डा हुँदा कांग्रेस एक्लैले ३ महानगर र ७ उपमहानगरको प्रमुख पदमा उम्मेदवारी दिनेगरी सहमति जुटेको छ । बाँकी ३ महानगर र ४ उपमहानगर गठबन्धन सहयात्री दलहरूले पाएका छन् । गठ...
श्रीलंकामा अभूतपूर्व आर्थिक संकट आएपछि सरकार गहिरो समस्यामा परेको छ । घट्दो विदेशी मुद्रा सञ्चिति तथा बढ्दो ऋणका कारण श्रीलंकाले अत्यावश्यक वस्तु समेत आयात गर्न सकेको छैन । सरकारविरुद्ध हप्तौंदेखि प्रदर्शन...
रुसले युक्रेनविरुद्ध चलाइरहेको सैन्य कारवाही दोस्रो चरणमा प्रवेश गरेसँगै डोनबास नियन्त्रणमा लिनका लागि भयानक लडाइँ चलिरहेको छ । डोनबासमा युक्रेनले रुसीभाषीहरूमाथि विगत आठ वर्षदेखि दमन गरेको भन्दै उन...
रुसले युक्रेनविरुद्ध सैन्य कारवाही चलाएपछि जापान र रुसको सम्बन्धमा तिक्तता आउन थालेको छ । अमेरिकाको साझेदार मुलुक जापानले हालैका दिनमा रुसमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाएको छ । आजै (२० अप्रिलमा) ...
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिन सहमत भएपछि पोखरामा कांग्रेसभित्र विद्रोह भयो । कांग्रेस कास्की समितिका सचिवद्वयले सभापतिलाई जानकारी नै नदिई विज्ञप्ति प्रकाश...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...