
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनमा सभापतिका उम्मेदवार अमरसिंह पुनले अग्रता कायम राखेका छन् ।
आइतवार दिउँसो ३ः१५ बजेसम्म ३६५ मत गणना हुँदा उनले २१६ मत ल्याएका छन् । त्यस्तै अर्का उम्मेदवार भरतकुमार शाहले १४७ मत ल्याएका छन् ।
शुरूदेखि नै अग्रता लिएका पुन अन्तिम परिणाम अनुसार ६९ मतले अघि छन् ।
शाह सभापति शेरबहादुर देउवापक्षीय उम्मेदवार हुने भने पुनले संस्थापनइतर पक्षबाट उम्मेदवारी दिएका हुन् ।
लुम्बिनीमा कुल १ हजार ६३१ मत खसेको छ । रूपन्देहीको भैरहवामा मतगणना जारी छ ।