०९ असार २०८३, मंगलबार

यी व्यक्तिको सोख नै टाउकोमा गाडी अड्याउने

मंसिर १९, २०७८
यी व्यक्तिको सोख नै टाउकोमा गाडी अड्याउने
तस्वीर स्रोत : BBC

टाउकोमा कार अड्याएर प्रशंसा बटुलेका एक व्यक्तिले रिटायर हुनुअघि १०० वटा विश्व कीर्तिमान बनाउन चाहेको बताएका छन् । 

जोन इभान्स नामक ७४ वर्षीय ती व्यक्तिले भवन निर्माण हुने ठाउँमा डकर्मीको कामबाट करीयर थालेका थिए । उनको सुनिश्चितता र इच्छाशक्तिले उनलाई चुनौतीहरूको सामना गर्न सक्ने बनायो । 

बेलायतको डर्बीशायरका इभान्सले परोपकारका लागि २ लाख ५० हजार पाउन्डभन्दा बढी रकम उठाइसकेका छन् । उनले टाउकोमा कार अड्याएरै त्यति धेरै रकम उठाएका हुन् । 

रेकर्ड होल्डर्स रिपब्लिकमा आबद्ध जोनले आफूसँग ९८ वटा विश्व कीर्तिमान भएको दाबी गर्छन् । गिनिजले उनका ५० कीर्तिमानलाई मान्यता दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्