१० असार २०८३, बुधबार

चिनियाँ जनमुक्ति सेनाले बमवर्षक विमानका साथ दक्षिण चीन सागरमा गर्‍यो अभ्यास (भिडियो)

मंसिर १९, २०७८
चिनियाँ जनमुक्ति सेनाले बमवर्षक विमानका साथ दक्षिण चीन सागरमा गर्‍यो अभ्यास (भिडियो)
Photo by Gao Hongwei

चिनियाँ जनमुक्ति सेनाको जलसेनाले अत्याधुनिक बमवर्षक विमान एज–६जेका साथ दक्षिण चीन सागरमा अभ्यास गरेको छ । 

त्यसक्रममा सेनाले टापुहरूमा बम खसाउने र समुद्रमा बारुद राख्ने अभ्यास गरेको हो । विमानको परम्परागत बम हान्ने क्षमताका साथै भिडन्तको स्थितिमा आक्रमण गर्ने क्षमता पनि देखिएको छ । 

पीएलएको सदर्न थिएटर कमान्डअन्तर्गत नेभल एभिएसन फोर्सले अभ्यासको आयोजना गरेको हो । त्यसमा वास्तविक हवाई बम र समुद्रमा बारुद राख्ने काम गरिएको छ ।

राति कतिपय बमवर्षक विमानहरू उडेर हवाई फर्मेसन बनाएर बिहान लक्ष्यमा पुगेको थियो । मौसम बिग्रेको भए पनि विमानहरू निर्धारित लक्ष्यमा पुगेका थिए । 

विमानले पहिला समुद्रमा बारुद राखेको थियो । त्यसपछि उसले बम खसाएको थियो । ती बमको द्रुत गति र ब्लास्ट रेडियस पनि विशाल भएको सीसीटीभीले खबर दिएको छ ।

बमले टापु र रीफहरूको तारोमा बम हानेको भिडियो फूटेजमा देखिन्छ । 

पहिलो चरणको बमवर्षापछि बमवर्षक विमानहरू बेसमा फर्केका थिए । त्यहाँ तिनीहरूलाई सांगोपांग जाँचियो र हातहतियार तथा इन्धन राखेर पुनः उडाइयो । 
 

salt training

कमेन्ट गर्नुहोस्