१० असार २०८३, बुधबार

विवाह बन्धनमा बाँधिइन् ‘मै पनि एमाले, सही पनि एमाले’की गायिका

मंसिर १९, २०७८
विवाह बन्धनमा बाँधिइन् ‘मै पनि एमाले, सही पनि एमाले’की गायिका

गायिका प्रिया भण्डारी विवाह बन्धनमा बाँधिएकी छिन् ।

स्थायी घर पाल्पा भएका प्रभात अधिकारीसँग भण्डारीले आइतवार बुटवलमा विवाह गरेकी हुन् । अधिकारी अमेरिका बस्छन् ।

२०७४ सालको चुनावको पूर्व सन्ध्यामा ‘मै पनि एमाले, सही पनि एमाले’ बोलको गीत गाएर भण्डारी एकाएक चर्चामा आएकी थिइन् । 

पछिल्लो पटक एमालेका ठूला कार्यक्रममा भण्डारीले गीत गाउँदै आएकी थिइन् । 

नेकपा विभाजनको समयमा भण्डारीले नै ‘अभियान छोडेर नजाऊ साथी हो, एकता तोडेर नजाऊ साथी हो’ बोलको गीत गाएकी थिइन् । 

आइतवार भएको विवाह समारोहमा नेकपा एमालेका केन्द्रीय सदस्यहरू खिमलाल भट्टराई, लीला गिरी र भूमिश्वर ढकाल तथा अनेरास्ववियुका उपाध्यक्ष यम पाण्डेलगायत सहभागी थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्