१० असार २०८३, बुधबार

बारले भन्यो– प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चको धर्ना जारी नै छ

मंसिर १९, २०७८
बारले भन्यो– प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चको धर्ना जारी नै छ

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्च परिसरमा आयोजना हुँदै आएको धर्ना जारी नै रहेको बताएको छ ।

बारका महासचिव लीलामणि पौडेलले आइतवार विज्ञप्ति जारी गर्दै धर्नाको कार्यक्रम यथावत रहेको उल्लेख गरेका हुन् ।

'सर्वोच्च परिसरमा बिहान ११ बजेदेखि १२ बजेसम्म कालोपट्टीसहित विरोध/धर्ना कार्यक्रम यथावत रूपमा सञ्चालन हुने भएकाले उक्त कार्यक्रममा निरन्तर सहभागी हुन काठमाडौं उपत्यकाका सम्पूर्ण कानून व्यवसायीज्यूहरूलाई हार्दिक अनुरोध गरिन्छ,'  विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्