०७ असार २०८३, आइतबार

सार्वजनिक भयो होण्डाको नयाँ एमेज २०२१, कस्तो छ विशेषता ?

मंसिर २०, २०७८
सार्वजनिक भयो होण्डाको नयाँ एमेज २०२१, कस्तो छ विशेषता ?

नेपाली बजारमा होण्डाको नयाँ एमेज २०२१ सार्वजनिक भएको छ ।

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले होण्डाको एमएमसी एमेज २०२१ लाई नेपाली बजारमा भित्र्याएको हो । 

स्टाईल, पर्फमेन्स र सुरक्षा विशेषतासहित नयाँ कार ल्याइएको कम्पनीले जनाएको छ ।  

नयाँ एमेज २०२१ मा रहेको एड्भान्स एलईडी प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको एलईडी डीआरएलस्का साथै नयाँ एड्भान्स फ्रन्ट फग ल्याम्प राखिएको छ । 

यस कारमा भएको डायमण्ड कट् टू टोन मल्टी स्पोक आर१५ एलोए व्हीलस् दिइएको छ, जुन कारको मुख्य विशेषता रहेको कम्पनीको दावी छ ।

त्यसै गरी यस एमेज २०२१ मा गाइडलाइन सहितको रियर मल्टीभियू क्यामेरा दिइएको छ ।

यस कारले सुरक्षाका लागि एनसीएपीबाट ४ स्टार सेफ्टी  रेटिङ्ग समेत प्राप्त गरेको छ । यसका साथै यस कारमा पहिलो पटक आफ्नो क्लासमा पेट्रोल र डिजल दुवै भेरियन्टमा ७ स्पिड सीभीटी गियरबक्स् रहेको छ । 

यस कारमा रहेको स्ल्कि सोलिड विङ्ग फेस फ्रन्ट ग्रिलले यसको डिजाइनलाई अझ आकर्षित गरेको छ । 

अटोमेटिक हेडलाइट कन्ट्रोलका साथ लाइट सेन्सर, प्रिमियम सी शेप्ड एलईडी कम्बिनेसन ल्याम्प, क्रोम डोर ह्याण्डल जस्ता यस कारका अन्य विशेषताहरु पनि रहेको छ ।  


 

salt training

कमेन्ट गर्नुहोस्