
नेपाल बैंक लिमिटेडले मिति भोलि (मंसिर २१) गते साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द गर्दै छ।
तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरूले मात्र लाभांश लिन साथै साधारण सभामा भाग लिन पाउनेछन्।
बैंकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजी रु.१२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६ सय २४ को १४% अर्थात रु.१ अर्ब ७६ करोड ९१ लाख ४६ हजार २ सय ७.३६ बराबरको बोनस शेयर तथा ३% अर्थात रु.३७ करोड ९१ लाख २ हजार ७ सय ५८.७२ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्न लागेको हो ।
संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव कम्पनीको मिति २०७८ पौष २ गते हुने ६२ औं वार्षिक साधारण सभामा छलफल गरिने छ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।