कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
मंसिर २०, २०७८
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले केन्द्रीय नेताले प्रदेशमा मतदान गर्न पाउने कि नपाउने भन्ने विषयमा 'संशय' रहेकाले कानूनी परामर्श गरेरै आफूले प्रदेश १ को अधिवेशनमा मतदान नगरेको प्रस्ट पारेका छन् ।
संस्थापनइतर पक्षबाट प्रदेश १ मा सभापतिको उम्मेदवार बनेका युवा नेता गुरुराज घिमिरे २ मतले पराजित भएपछि शेखरसहितका ४ केन्द्रीय नेताले मतदान नगरेको विषय बाहिर आएको थियो ।
'कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरूले मतदान गर्न पाउने/नपाउने विषयमा शुरूदेखि नै 'संशय' थियो। कानूनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो । तसर्थ मतदान नगर्नु उपयुक्त ठानें । यसक्रममा मबाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु,' शेखरले सोमवार ट्वीट गरेका छन् ।
शेखरसहित संस्थापनइतर पक्षका नेताहरू सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले मतदान गरेका थिएनन् ।
'अघिल्लो दिन बुझ्दा निर्वाचन समितिले प्रदेशमा मतदान गर्दा केन्द्रमा उम्मेदवार बन्न पाइँदैन भन्ने कुरा गरेको थियो, सोही कारण कानूनी परामर्श गरेर नै उहाँले मतदान नगर्नुभएको हो,' शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले लोकान्तरसँग भने ।
डा. कोइराला आसन्न महाधिवेशनमा संस्थापनइतरबाट सभापतिका आकांक्षी हुन् । तयारी र कार्यकर्ताको रुझानका हिसाबले शेखर संस्थापनइतरबाट सभापतिको दौडमा सबैभन्दा अगाडि छन् ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...