
दिवंगत बलिउड अभिनेती श्रीदेवीकी छोरी तथा नायिका जाह्नवी कपूर बलिउड चलचित्र उद्योगमा ठूलो नाम हो । उनले निकै कम समयमा बलिउडमा आफ्नो पहिचान बनाउन सफल भइन् ।
चलचित्र ‘धडक’बाट बलिउडमा डेब्यू गरेकी जाह्नवीको अभिनयलाई दर्शकहरूले निकै मन पराउँछन् ।
यसैबीच जाह्नवीको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा जाह्नवीको ‘उप्स मोमेन्ट’ कैद भएको छ ।
जाह्नवीलाई आएको देखेपछि पापाराजीहरूले पटक–पटक बोलाएको भिडियोमा देख्न सकिन्छ । तर, जाह्नवी निकै हतारमा देखिएकी थिइन् । यसैक्रममा उनले कालो रङको छोटो कपडा लगाएकी थिइन् । जब उनी गाडीमा चढ्न थालिन् तब उनको कपडा माथि सरेको थियो । साथै क्यामरामा नायिकाको उप्स मोमेन्ट रेकर्ड भएको थियो ।