०७ असार २०८३, आइतबार

एनआईबिएल सहभागिता फण्डको इकाइहरूको बिक्री अब अनलाइनबाटै गर्न सकिने

मंसिर २०, २०७८
एनआईबिएल सहभागिता फण्डको इकाइहरूको बिक्री अब अनलाइनबाटै गर्न सकिने

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फण्ड’ (खुलामुखी योजना) को इकाईहरूको बिक्री अब विद्युतीय माध्यमबाट गर्न सकिने भएको छ ।

हाल योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरी यस योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पहुँचलाई इन्टरनेटको माध्यमद्घारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ यस योजनाका स्वचालित विद्युतीय (अनलाइन) कारोबार प्रणाली मार्फत खरीद तथा अन्य विभिन्न अनलाईन सुविधाहरुको व्यबस्था गर्दै आइरहेका थियो । 

यस क्यापिटलले अब यस योजनाका इकाईधनीहरुले सोही विद्युतीय प्रणाली मार्फत इकाईहरुको बिक्री गर्न सक्ने जनाएको हो । 

यो सेवा मंगलवारबाट प्रयोग गर्न सकिनेछ ।

एनआईबिएल म्युचुअल फण्डमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको छ ।

कमेन्ट गर्नुहोस्