१४ असार २०८३, आइतबार

चीनले अफ्रिकी मुलुक इक्वेटोरियल गिनीमा सैन्य अड्डा बनाउन लागेको भन्दै अमेरिका चिन्तित

मंसिर २०, २०७८
चीनले अफ्रिकी मुलुक इक्वेटोरियल गिनीमा सैन्य अड्डा बनाउन लागेको भन्दै अमेरिका चिन्तित

चीनले अफ्रिकी मुलुक इक्वेटोरियल गिनीलाई फकाएर त्यहाँ सैन्य अड्डा बनाउन खोजेको भन्दै अमेरिकाले चेतावनी दिएको छ । 

त्यहाँ चीनले सैन्य अड्डा बनाएमा आन्ध्र महासागरमा बेइजिङले शक्तिप्रदर्शनको मौका पाउनेछ । 

चीनका राष्ट्रपति सी चिनपिङले इक्वेटोरियल गिनीका राष्ट्रपति टियोडोरो ओबियाङ न्गुएमा म्बासोगोलाई बाटा शहरमा रहेको बन्दरगाहलाई सैन्य अड्डा बनाउनका लागि फकाइरहेको अमेरिकाका गुप्तचर अधिकारीहरूले विश्वास गरेका छन् । 

चीनले बाटा बन्दरगाहलाई सैन्य अड्डा बनाएमा चिनियाँहरूको युद्धपोत र अन्य जलसैन्य उपकरणहरू अमेरिकाको ईस्टर्न सीबोर्ड भएको ठाउँमा पुग्नेछन् । 

‘जलक्षेत्रीय सुरक्षाको मामिलालाई कूटनीतिमार्फत सम्बोधन गर्ने क्रममा हामीले इक्वेटोरियल गिनीलाई चिनियाँ गतिविधिका कारण राष्ट्रिय सुरक्षा चिन्ता बढ्ने कुरा बताएका छौं,’ बाइडन प्रशासनका एक वरिष्ठ अधिकारीले द वाल स्ट्रीट जर्नललाई बताए । 

आन्ध्र महासागरमा चीनको सैन्य अड्डा बनेमा अमेरिकाका लागि त्रासदीपूर्ण परिदृश्य बन्ने अमेरिकी अधिकारीहरूको भनाइ छ । 

चीनको आफ्नो भूभागभन्दा बाहिरको सैन्य अड्डा पूर्वी अफ्रिकाको जिबुटीमा छ । उसले सन् २०१७ मा उक्त सैन्य अड्डा खोलेको हो । 

सन् २००९ मा चीनले इक्वेटोरियल गिनीमा रहेको वाणिज्यिक बन्दरगाहलाई स्तरोन्नति गरेको थियो । उक्त देशको राजधानी मालाबो मुख्यभूमिबाट उडानमा एक घन्टा पर पर्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्