
नेकपा एमाले विद्यार्थी संगठन अनेरास्ववियुले सोमवारदेखि संगठन विस्तार तथा सदस्यता वितरण महाअभियान शुरू गरेको छ ।
काठमाडौंमा त्रिचन्द्र क्याम्पसबाट महाअभियानको शुभारम्भ भएको छ भने, रूपन्देहीको जोगडा मावि गैडहवा (तराई–मधेश क्षेत्र) बाट शुरू गरिएको हो । काठमाडौंमा एमाले महासचिव शंकर पोखरेलको उद्घाटन गरे ।
रुपन्देहीमा महाअभियानको एमाले केन्द्रीय सदस्य तथा अखिलका पूर्व अध्यक्ष खीमलाल भट्टराई उद्घाटन गरे । सो अवसरमा बोल्दै भट्टराई अनेरास्ववियुमा आबद्ध हुन विद्यार्थीहरूलाई आग्रह गरे ।
अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष यामराज पाण्डेले महाअभियानभर रूपन्देहीभर मात्र २५ हजार विद्यार्थीलाई सदस्यता वितरण गरिने जानकारी दिए । आउने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अखिलले जित्ने गरी लाग्न आग्रह गरे ।
कार्यक्रममा अखिलका विद्यार्थी नेताहरूको पनि उपस्थिति रहेको थियो ।