×

NMB BANK
NIC ASIA

पश्चिमी वायुको प्रभावले चिसो अझै बढ्ने, जनस्वास्थ्यमा असर पर्ने भएकाले तयारी थाल्न विज्ञको सुझाव

मंसिर २१, २०७८

NTC
Sarbottam
फाइल तस्वीर।
Premier Steels
Marvel

नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्न सक्ने भन्दै सतर्क रहन विज्ञहरूले सचेत गराएका छन् ।

Muktinath Bank

पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने तथा त्यस वायुले पृथ्वीको सतह नजिकै बसिरहने भएकाले गर्दा चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञहरूले सचेत गराएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पश्चिमी वायुका कारण उच्च हिमाली क्षेत्रसहित देशभर हावा प्रवाह सुचारुरुपमा हुन नसक्दा यसको सीधा असर जनस्वास्थ्यमा पर्ने भएकाले त्यसतर्फ तयारी थाल्न सरकारलाई विज्ञहरूले सुझाव दिएका छन् । 


Advertisment
Nabil box
Kumari

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जलवायुजन्य विपद्बाट बच्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक रणनीतिक तयारी थाल्नुपर्ने बताए । उनले भारतमा हरेक वर्षमा ४ वटा चक्रवातहरू आउने र त्यसको असर नेपालमा पनि पर्ने भएकाले जनताको स्वास्थ्य सुरक्षाका लागि सचेतनासहितको चरणबद्ध तयारी थाल्नुपर्ने बताए । 

Vianet communication
Laxmi Bank

मास्कले कोरोनाका साथसाथै वायु प्रदूषणबाट पनि बचाउने भन्दै उनले अहिले जीवन बचाउने पद्धति भनेकै मास्क भएको र यसको अनिवार्य प्रयोग गर्न पनि आग्रह गरे । 

वायु प्रदूषण बढेको बेला घातक हावाको तह पृथ्वी नजिक हुने भएकोले सो समयमा घरबाहिर ननिस्किन आग्रह गर्दै उनले अत्याधिक वायुप्रदूषण भएमा विद्यालय बन्द गर्नुपर्ने स्थिति आउन सक्नेतर्फ सरोकारवालाहरूलाई सचेत गराए । 

डा. उप्रेतीले धेरै प्रदूषण गराइरहेका उद्योगधन्दा आलोपालो गरेर चलाउने, धेरै प्रदूषण गराउने सवारीसाधनहरू बन्द गर्ने लगायतका काम गरेमा प्रदूषणबाट बच्न सकिने बताए । 

‘वायुप्रदूषण बढेमा १ नम्बरमा के गर्ने, २ नम्बरमा के गर्ने भन्ने सोच्नुपर्छ । विद्यालयहरू बन्द गर्नुपर्ने हुन सक्छ, चलिरहेका उद्योगधन्दाहरू आलोपालोमा सञ्चालन गर्नुपर्ने हुन सक्छ,’ उनले भने, ‘सडकमा चल्ने, एकदमै प्रदूषण गर्ने त्यसलाई पनि हटाउनु पर्ने हुन सक्छ । धेरै नै प्रदूषण भयो भने जस्तो भारतले हार्ड मेजर अपनाएको छ, त्यस्तोमा पनि जानुपर्ने हुन सक्छ ।’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना अधिकारी डा. डिजन भट्टराईले शीतलहर र मनसुनजन्य विपद्को प्रतिकार्य, राहतउद्धार गर्ने कामको कार्यान्वयन गर्ने मूल जिम्मेवारी जिल्ला र स्थानीय तहलाई दिएकोले स्थानीय तहले नै सम्पूर्ण काम गर्ने बताए । 

संविधानले विपद् व्यवस्थापनलाई एकल अधिकारको क्षेत्रमा राखेको कारण स्थानीय विपद् व्यवस्थापन समितिले धेरै काम आफैं गर्न सक्ने भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय विपद् व्यवस्थापन समितिलाई नीतिगत रुपमा बलियो बनाउन लाग्ने उनको भनाइ छ । 

भट्टराईले हालसम्म प्राधिकरणमा आफैं पूर्व सूचना प्राप्त गर्ने संयन्त्र निर्माण गर्न नसक्नु चुनौती रहेको बताए । 

‘आज पनि हामीले प्रारम्भिक सूचना लिने कुरा भनेको मौसम पूर्वानुमान महाशाखा नै हो । हाम्रो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आफैं पूर्व सूचना प्राप्त गर्ने संयन्त्र निर्माण गर्न सकेको छैन,’ उनले भने, ‘हामीले मात्रै संयन्त्र निर्माण गर्नुपर्छ भन्ने पक्षमा पनि हामी छैनौँ । हाम्रो र डीएचएमबीचको सहकार्यमा यी सूचनाहरू जारी हुन्छन् । उहाँहरूले प्रारम्भिक सूचना ल्याउनुहुन्छ र उहाँहरूसँग भेरिफाइ गरेर यसको गाम्भीर्यताको बारेमा थप बुझेपछि हामीले धेरै जनतालाई त्रसित बनाउने कुरा पनि हुँदैन । त्यसकारण उहाँहरूसँगको समन्वयमा कति सूचना जनतामा पठाउने भन्ने छलफल गरेपछि त्यहीअनुसारको सूचना प्रवाह गर्ने प्रणालीको विकास छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x