२१ जेठ २०८३, बिहीबार

भुस्मेमा जीप दुर्घटना हुँदा १२ जना घाइते

मंसिर २३, २०७८
भुस्मेमा जीप दुर्घटना हुँदा १२ जना घाइते
प्रतिकात्मक तस्वीर

लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटी भन्ने स्थानमा ग१ज ६३१७ नम्बरको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

मर्स्याङ्दी–९ सिमपानीबाट सोही पालिकाको पिसहिलडाँडा घुम्न यात्रु लिएर गएरको सो जीप बिहीवार बिहान दुर्घटनामा परेको भुस्मेका स्थानीय होमराज तामाङले जानकारी दिए ।

उनका अनुसार २ जनाको जीपबाट उद्धार गर्न समस्या भइरहेको छ भने अन्य १० जनाको उद्धार गरेर जिल्ला अस्पताल ल्याइँदैछ । 

जीपमा सिमपानीस्थित गणेश माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक रहेका र घुम्तीमा पछाडि गर्ने क्रममा करीब ५० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ । 

खुदी प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको र जीपले थिचेकाको उद्धार गर्ने काम भइरहेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णबहादुर कार्कीको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । थप विस्तृत जानकारी आउन बाँकी रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्