११ असार २०८३, बिहीबार
कांग्रेस बैठक

तीन प्रतिवेदन पारित गर्दै सकियो कांग्रेस केन्द्रीय समिति बैठक, आएन पदाधिकारी थप्ने प्रस्ताव

मंसिर २३, २०७८
तीन प्रतिवेदन पारित गर्दै सकियो कांग्रेस केन्द्रीय समिति बैठक, आएन पदाधिकारी थप्ने प्रस्ताव
फाइल फोटो

विभिन्न तीनवटा प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ ।

पार्टी मुख्यालय सानेपामा बिहीवार बसेको बैठकले उपसभापति विमलेन्द्र निधिले पेश गरेको नीति एवं प्रतिष्ठानसम्बन्धी प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काको प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन पारित गरेको केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले लोकान्तरलाई जानकारी दिए ।

बैठकमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल भने सहभागी थिएनन् ।

पदाधिकारी थप गर्नका लागि विधान संशोधन प्रस्ताव ल्याउन लागेको थाहा पाएको भन्दै वरिष्ठ नेता पौडेलले केन्द्रीय कार्यालयका सचिव कृष्ण पौडेललाई फोन गरेर बैठकमा सहभागी नहुने जानकारी गराएका थिए ।

तर बैठकमा विधान संशोधनसम्बन्धी कुनै प्रस्ताव नआएको पाण्डेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्